आज : Saturday, July 27, 2024 | २०८१ श्रावण १२ शनिबार

प्रचण्ड भन्छन् : सदन खुलाउन पहल जारी छ 

समाज खबर संवाददाता |


 काठमाण्डौं । केहि दिनदेखि जारी संसद अ बरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेस शीर्ष नेताहरुसंग छलफल गरेका छन् । 
 प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएपनि निष्कर्ष जुटेको भने छैन । 
 कांग्रेस नेताहरुको छलफलपछि प्रधानमन्त्री प्रचण्डले छलफल सकारात्मक भएको र भोलिसम्म निकास निष्कने बिश्वास ब्यक्त गरे । 
सहकारी ठगी प्रकरणमा जोडिएको गृहमन्त्री रवि लामिछानेका बारेमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दे कांग्रेसले लगातार संसद बैठक अबरुद्ध गर्दै आएको छ । सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने भएकोले सहज रुपमा संसद चल्ने बातावरण बनाउृन प्रधानमन्त्री सक्रिय भएका हुन् । सभामुख देवराज घिमिरेले पनि संसद अबरोध खुलाउन शीर्ष ेनेताहरुसंगको संवाद जारी राखेका छन् । 

प्रतिकृया दिनुहोस