आज : Sunday, June 01, 2025 | २०८२ जेठ १८ आइतबार

बाबुको बिरासत जोगाए सुहाङले

समाज खबर संवाददाता |

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्। उनले २७७७२ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत पाए।नेम्वाङले खड्कालाई ५८३० मतान्तरले पछि पारेका हुन्।त्यस्तै तेस्रो स्थानमा मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत पाएका छन्। चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५०५० मत पाएका छन्। निकै चर्चा पाएका रास्वपा उम्मेदवार लिम्बू जमानत जोगाउन पनि बिफल भए । काँग्रेसका खड्का यस अघि पनि एमाले नेता सुवास नेम्वाङसंग पराजित भएका थिए । सुहाङ
 सुवासका छोरा हुन् । 

प्रतिकृया दिनुहोस