आज : Thursday, May 16, 2024 | २०८१ जेठ ३ बिहीबार

बझाङमा कांग्रेसलाई हराउँदै एमालेका भण्डारी बिजयी

समाज खबर संवाददाता |

बझाङ । बझाङमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

भण्डारीले ११ हजार ६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ सय ८ सय ३१ मत ल्याए भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १४ मत ल्याएका छन् ।

२०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए । सिंहको दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रतिकृया दिनुहोस