वेष्ट इन्डिज ए माथि नेपालको रोमान्चक जित
समाज खबर संवाददाता |
कप्तान रोहितले हाने शतक
काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।अव नेपालले वेष्ट इन्डिज ए संग चार खेल खेल्ने छ । अर्को खेल भोलि हुने छ ।
प्रतिकृया दिनुहोस