आज : Saturday, July 27, 2024 | २०८१ श्रावण १२ शनिबार

कास्कीको भदौरेमा जीप दुर्घटना ,२ जनाको मृत्यु १० घाइते 

समाज खबर संवाददाता |


कास्की । कास्कीको भदौरेमा जीप  दुर्घटना भएको   छ  । उक्त दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते  भएका छन् । आइतबार दिउँसो पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको हो ।  घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ 

प्रतिकृया दिनुहोस