आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री

समाज खबर संवाददाता |

कास्की । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का  उम्मेदवार माधव बास्तोलालाई २०४ मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार भएको मतगणनामा क्षेत्रीले ५५१ र बास्तोलाले ३४७ मत प्राप्त गरेका छन् ।

अध्यक्षका अर्का  प्रत्यासी विवेक त्रिपाठीले जम्मा १७ मत ल्याएको निर्वाचन कमिटीले जनाएको छ । यस्तै उपाध्यक्षमा भेषराज बराल,सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी भएका  छन ।

अधिवेशनबाट पदाधिकारी सहित एक सय २० जनाको कमिटी चयन भएको छ । १० प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर  १४१ सदस्यीय जिल्ला कमिटी बन्ने  छ । अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइएको थियो । आगामी दुई वर्षका लागि जिल्ला कमिटीको नेतृत्व लिन एमालेका नेता÷कार्यकर्ता प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

प्रतिकृया दिनुहोस