आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

समाज खबर संवाददाता |

काठमाडौं । नेकपा एमालेले आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।  सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् ।  सुवास नेम्वाङको गत भदौ २६ मा  निधन भएपछि उक्त क्षेत्र रिक्त थियो । यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।यस्तै एमाले प्रदेश सभा अन्तर्गत बझाङ १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । 

प्रतिकृया दिनुहोस