आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

उपधि रक्षा गर्न चुक्यो नेपाल

समाज खबर संवाददाता |

काठमाडौं  ।  हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपाल पपुवा न्यू गिनी (पिएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

पिएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र ८५ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन जोड्दा १६ रन अतिरिक्त पाएको थियो ।

रोहित पौडेल १२, आरिफ शेख १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विनोद भण्डारीलाई इनिङको तेस्रो बलमै ४ रनमा गुमाएको नेपालका लागि तेस्रो ओभरमा कुशल भुर्तेल आउट भएका थिए ।

पिएनजीका लागि कबु मोरिया, सेमो कामिआ, चाड सोपर र सेसे बाउले २-२ विकेट लिए । अलि नाओले १ विकेट लिए ।

पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोड्यो । ओपनर टोनी उराले ६१ रनको आक्रामक इनिङ खेलेर राम्रो सुरुवात दिलाएको पिएनजीका लागि एलि नाओले आक्रामक अन्त्य गरेका थिए । मध्यक्रम भने खासै चल्न सकेन ।

प्रतिकृया दिनुहोस