आज : Saturday, April 20, 2024 | २०८१ बैशाख ८ शनिबार

चौथो आइसिटी अवार्डको नोमिनेसन खुला

समाज खबर संवाददाता |

काठमाडौं । काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन जेठ १ गतेदेखि खुला गरिएको छ । चौथो संस्करणका रुपमा आयोजना हुन लागिरहेको नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्न सकिनेछ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले २०७६ साल साउन ३२ गते काठमाडौंमा आयोजना हुनेछ । 

आइसिटी अवार्ड २०१९ मा यस वर्ष विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुनेछ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन् । यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको छ । 
जेठ १ देखि २५ गतेसम्म अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिले जानकारी दिएको छ । यसैगरी असारको पहिलो हप्तादेखि सर्टलिस्ट प्रकाशन गरी छनोटका अन्य अभ्यास सुरु हुने जुरी समूहमा रहेका हेमपाल श्रेष्ठले जानकारी दिए । यस वर्ष पनि १० जनाको जुरी समूह रहनेछ भने ७ जना जुरी सल्लाहकारका रुपमा छन् । अवार्ड कार्यक्रम पारदर्शी र निष्पक्ष हुने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए । 

यस वर्षको आइसिटी अवार्डका लागि ४ महिना अघिदेखि नै तयारी सुरु गरिएको आयोजकले जनाएको छ । अवार्डको प्रि इभेन्ट क्याम्पियनका रुपमा विराटनगर, बुटवल र नारायणगढमा ‘स्टार्टअप एन्ड इनोभेसन मेला’ आयोजना गरिएको छ । स्थानीय स्तरहरुमा विद्यार्थीका प्रोजेक्ट र स्टार्टअप्सका प्रडक्टहरुलाई प्रवद्र्धन गर्दै राष्ट्रिय प्लाटफर्म दिने उद्देश्यले स्टार्टअप मेला आयोजना गरिएको बताइएको छ । अवार्डमा नोमिनेसन दर्ता गर्न आइसिटी अवार्ड डट ओआरजी ( https://ictaward.org ) लगइन गर्नुपर्नेछ ।   
 

प्रतिकृया दिनुहोस