आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

अभिनेत्री निरुता सिंहले गरिन् विवाह 

प्रज्वल काफ्ले - |


काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह बन्धनमा बाँधिएकी छिन् । 
शनिबार उनले आफ्नो बिहेको  तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दे विवाह गरेको जानकारी दिएकी हुन्  ।
उनले बिहीबार भारतको मुम्बई निवासी संजीव गुलाटीसँग बिहे गरेकी हुन् । 
उनले आफूलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै छिट्टै नेपाल आउनेसमेत बताएकी छिन् । 

प्रतिकृया दिनुहोस