जेनजी शहिदकि आमाको प्रश्न :शहिदले न्याय कहिले पाउने सरकार ?
समाज खबर संवाददाता |
काठमाण्डौं । प्रतिनिधि सभाको आजको बैठकमा जेन जी आन्दोलनका दोषीहरुलाई कारवाही नभएको भन्दै प्रश्न उठेको छ ।
सांसद एव जेनजी सहिदकि आमा रचना खतिवडा खत्रीले सरकारलाई प्रश्न गरेकि हुन् ।
उनले भनिन् ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । जेनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो,’ उनले भने, ‘निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा भन्दा बेलुकी ७ बजे स्टाटस त आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।’ उनले सोही प्रसंगमा सरकारलाई थप दुई प्रश्न गरेकी छिन् ।‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ? शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?,’ उनले भनिन्।उनी जेनजी शहिद रसिक खतिवडाकि आमा हुन् ।







प्रतिकृया दिनुहोस