आज : Thursday, December 26, 2024 | २०८१ पौष ११ बिहीबार

बाबु र भाईको हत्या आँफैले गरेको स्वीकार गर्दै मिलनले गरे आत्मसर्मपण

समाज खबर संवाददाता |

काठमाडौं । भक्तपुरको बालकोटमा बाबु र छोराको हत्या परिवारकै सदस्यले गरेको पाइएको छ । खोटाङको रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या जेठा छोरा मिलन आचार्यले गरेको पाइएको हो ।

बाबु र भाइको हत्यापछि फरार भएका मिलनले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेका हुन् । उनले बाबु र भाइको हत्या आफूले गरेको स्वीकार गरेका प्रहरीले जानकारी दिएको छ । सोमबार आचार्यका बाबु छोरा कोठामा मृत भेटिएका थिए ।

प्रतिकृया दिनुहोस