आज : Wednesday, December 25, 2024 | २०८१ पौष १० बुधबार

काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन ,काठमाण्डौं महानगरमा शोक बिदा

समाज खबर संवाददाता |

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।  
२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् ।  सिंहको निधनमा काठमाडौं  महानगरले शोक विदा दिएको छ ।पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरु छन् ।गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस