उद्घाटन खेलमा जनकपुरले बिराटनगरलाई ८ विकेटले हरायो
समाज खबर संवाददाता |
काठमाडौं । आजबाट सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराँउदै जनकपुर बोल्ट्सले जितको सुरुवात गरेको छ । बिराटनगर किंग्सले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले सहज रुपमा १५ दशमलव ३ ओभरमा भेट्टायो । जनकपुरका लागि लाहिरु मिलन्थाले अर्धशतकीय पारि खेलेका थिए । यस अघि जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगरले पहिले ब्याटिङ गरेको थियो । खेलमा विराटनगर किंग्सका ब्याटर मार्टिन गप्टिलले ४३ बलमा ५५ रन बनाएर अर्धशतकप ूरा गरेका थिए । खेल हेर्न त्रिवी क्रिकेट मैदानमा दर्शकको उत्साहजनक उपस्थिति थियो ।
एनपीएल नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना भएको हो ।
प्रतिकृया दिनुहोस