आज : Monday, December 30, 2024 | २०८१ पौष १५ सोमबार

चलचित्र‘पूर्णबहादुरको सारंगी'ले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै,अधिकांश शोहरु हाउसफूल

समाज खबर संवाददाता |

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्चप्रशंसा पाइरहेको छ । कूलशोको ५० प्रतिशतभन्दा धेरै शोसहितअहिले यो चलचित्र नेपालमाचलिरहेको छ ।
घरेलु बक्स अफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्चमागबढेको छ । सिनेमाको विदेशका हलमा पनिबुकिङ खुला भइसकेको छ । अमेरिका, बेलायत, यूएई, अष्ट्रेलिया लगायतका देशमाप्रदर्शन हुनलागेको हो । यीदेशमाचलचित्रको बुकिङ खुला भइसकेको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्र अष्ट्रेलिया, न्युजिल्यान्ड र मध्यपूर्वका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ । अमेरिकामा भने यो चलचित्र नोभेम्बर ८ शुक्रबारदेखि रिलिज हुँदैछ । यसैगरी यूकेमा पनि सोहीदिनदेखि विभिन्न शहरहरूमा प्रदर्शन हुने तयारी छ ।
अष्ट्रेलियामा यो चलचित्रलाई दर्शकहरूले अत्यधिक माग गरेका छन् । सिड्नीका विभिन्नशोहरू पूर्ण रूपमा बुक भएकाछन् । प्रमुख सिनेमा चेनहरू जस्तै होयट्स सिनेमा, लाइमलाइटसिनेमा, भिलेज सिनेमा, स्टार थिएटर्स र न्युजिल्यान्डको इभेन्टसिनेमा लगायतका हलहरूले थप शोहरू राख्नथालेका छन् । यसरी, एनएसडब्ल्यू, ब्रिसबेन, भिक्टोरिया, तास्मानिया र पर्थ लगायत न्युजिल्यान्डका धेरै सहरमा शोहरू राखिएकाछन् ।
मध्यपूर्वमा पनि चलचित्रले उत्कृष्ट प्रतिक्रियापाएको छ । टिकटहरू खुलाभएको केहीघण्टाभित्रै बुक भएकाछन्, जसले दर्शकहरूको उत्साहलाई दर्शाउँछ । चलचित्र’पूर्ण बहादुरको सारंगी’शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएई), कतार, र बहराइनका प्रमुख सहरहरुमा प्रदर्शन हुने भएको छ ।
अमेरिकामा चलचित्रको नोभेम्बर ८ को रिलिजलाई लिएर उच्च उत्साह छ । मंगलबारदेखि टिकटबुकिङ खुला गरिएको छ र धेरै स्थानहरूमा शोहरू फुलभइरहेको हुँदा केहीहलहरूले दुई सातासम्म अग्रिम बुकिङका लागि शोहरू थपेका छन् । टेक्सासको डलास, ह्यूस्टन, अस्टिन, वाको; ओहायोको कोलम्बस, सिन्सिनाटी, क्लीभल्याण्ड;बोस्टन, न्यू ह्याम्पशायर, कनेक्टिकट, पेन्सिलभेनिया, केन्टकी, नेब्रास्का, आयोवा, शिकागो; क्यालिफोर्नियाको बे एरिया र लस एन्जलस, सियाटल, ओरेगन; डेनभर, फिनिक्स लगायतकाप्रमुख सहरमा शोहरू हुनेछन् ।

यूकेमा पनि यो चलचित्रनोभेम्बर ८ देखि विभिन्नशहरका सिनेवर्ल्ड हलहरूमाप्रदर्शन हुनेछ। यीदेशका धेरै सहरमा उच्चशोसहितचलसचित्रचल्ने निर्माणपक्षले जनाएको छ । यीदेशकादर्जनौं हलमा यो सिनेमा प्रदर्शन हुनेछ ।
मंगलबार जापानदेखि अन्तर्राष्ट्रियबजारमा प्रदर्शन सुरु गरेको यसले जापानको टोकियोमा हाउसफुलशो बाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गर्न सफलभएको थियो । यस हिसाबले चलचित्र’पूर्ण बहादुरको सारंगी’ले नेपालमाप्राप्त गरेको अपार सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा पनि दोहो¥याइरहेको छ । नेपाली डायस्पोराले विश्वव्यापी रूपमादिएको समर्थनले चलचित्रलाई झनै सशक्तबनाएको छ ।
‘नेपालीको बसोबास रहेका ठाउँमा नेपालीचलचित्रको मागबढ्दो छ । पूर्ण बहादुरको सारङ्गी नेपालमापनि राम्रो चलिरहेकाले विदेशमापनिचल्छभन्ने हाम्रो विश्वास छ,”निर्माताप्याट्रिक सुवेदीभन्छन्, “दुई तीनघण्टाड्राइभ गरेर नेपालीहरू नेपालीचलचित्र हेर्न आउनुहुन्छ । यसमापनित्यो क्रेज देखिनेछ ।”

सरोज पौडेल निर्देशित यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धितामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माताविनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकालकार्यकारी निर्माताका रूपमाछन् ।

यो सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा सेभेन सिजइन्टरटेनमेन्टले वितरण गरेको हो ।

प्रतिकृया दिनुहोस