आज : Friday, May 03, 2024 | २०८१ बैशाख २१ शुक्रबार

पर्यटन वोर्ड द्धारा पर्यटक प्रहरीलाई ई साइकल हस्तान्तरण

समाज खबर संवाददाता |

पोखरा ।
नेपालको पर्यटकीय राजधानी पोखरा घोषणा सँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी तथा चुनौतीलाई मध्यनजर गरी स्रोत साधनको अभावमा हुने स-साना समस्याहरुलाई समाधान तथा पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय वातावरण सिर्जना गर्नको लागि पर्यटन बोर्ड पोखराले पर्यटक प्रहरी पोखरालाई २ वटा विद्युतीय साईकल हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापा, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठ, अध्ययागमन कार्यालय कास्कीका प्रमुख शाखा अधिकृत नवराज शर्मा, पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मी लगायतको उपस्थितीमा KAISAI Electric Cycle (300 Watt Brushless Motor, 48 Volt Lithium Battery) खरीद गरी नेपाल पर्यटन बोर्डका निमित्त कार्यालय प्रमुख नविन पोख्रेलले उक्त साइकलको चाबी हस्तान्तरण गरेका हुन ।

पर्यटक प्रहरी पोखराले थानथान-२ E-cycle  द्वारा पर्यटकीय राजधानी पोखरामास्वदेशी तथा विदेशी पर्यटकहरुको बढी आवतजावत हुने स्थानहरुमा गस्ती गरी सुरक्षित पर्यटकीय वातावरणको महशुस हुने गरी कार्य गर्न अझ वढी उत्प्रेरणा र कार्य वातावरण बनेको  पर्यटक प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस