आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

२३ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, हाजिर हुन निर्देशन

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले  सूचना जारी गरी २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयले बताइएको छ ।

प्रतिकृया दिनुहोस