आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

हाजिरी जमानीमा छुटे महरा

समाज खबर संवाददाता |

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

महरालाई सरकारी वकिलको कार्यालयको रोहबरमा छाडिएको हो । महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई सिआईबीका अनुसन्धान अधिकृतहरुले दुई बयान लिएका थिए । बयानका क्रममा महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको तर कारोबार नगरेको बताएका छन् ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस