नगरवासी बिद्यार्थीहरुका लागि महालक्ष्मी नगरपालिकालाई २ हजार थान मास्क हस्तान्तरण
समाज खबर संवाददाता |
ललितपुर । कोरोना भाइरसप्रति विद्यार्थीहरुमा सचेतना जगााउने उद्येश्यले सामुदायिक सेवा केन्द्र र भ्याली पब्लिक स्कुलले महालक्ष्मी नगरपालिकालाई २ हजार थान मास्क उपलब्ध गराएका छन् । महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सामुदायिक सेवा केन्द्रका अध्यक्ष बाबुराम कोइरालाले नगरप्रमुख रामेश्वर श्रेष्ठलाई मास्क हस्तान्तरण गरे । उक्त मास्क यहि फागुन २९ गतेबाट शुरु हुने कक्षा आठको पालिकास्तरीय परीक्षामा सहभागि हुने बिद्यार्थीहरुलाई उपलब्ध गराइने छ । उक्त नगरपालिका भित्र कक्षा आठको परीक्षामा ७ बटा परीक्षा के्रन्द्रबाट १९ सय ४२ बिद्यार्थी सहभागि हुँदै छन् ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले नगरपालिकाले अन्य बिकास निर्माण एवं पुर्वाधारको बिकास जस्तै शिक्षा एवं स्वास्थ्य क्षेत्रको बिकासमा ध्यान दिएको जानकारी दिए । उनले शिक्षामा गरिने लगानी दीर्घकालीन भएकोले सामुदायिक बिद्यालयलाई प्राविधिक धारमा लैजाने प्रयास भैरहेको पनि जानकारी दिए । नगरप्रमुख श्रेष्ठले कक्षा ८ को पालिकास्तरीय परीक्षाका बिद्यार्थीहरुलाई कुनै स्वास्थ्य सम्बन्धी समस्या हुन नदिन ७ बटै परीक्षा केन्द्रमा सुविधा सम्पन्न ‘हेल्थ डेस्क स्थापना गरिएको पनि जानकारी दिए । उनले बिद्यार्थीहरुलाई तातोपानी पिउने ब्यवस्था मिलाइएकोले ढुक्क हुन अभिभावकहरुलाई पनि आग्रह गरे । नगरपालिकाको अभियानमा सघाउ पु¥याएको भन्दै उनले मास्क उपलब्ध गराउने संस्थाप्रति आभार ब्यक्त गरे ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष कोइरालाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो संस्थाले नगरपालिका मार्फत विद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे । उनले मास्क बिश्व स्वास्थ्य संगठनको निर्धारित मापदण्ड भित्रै रहेर उत्पादन गरिएको र विद्यार्थीहरुका लागि उपयोगी हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद रेग्मीले नगरपालिका मार्फत विद्यार्थीहरुलाई मास्क उपलब्ध गराउनु मानवीय हिसावले पनि प्रशंसनिय काम भएको भन्दै यसले विद्यार्थीहरुको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताए ।
नेकपा नेता एवं सामुदायिक सेवा केन्दूका सल्लाहकार शिब कट्टेलको बिशेष पहलमा उक्त मास्क नगरपालिकालाई उपलब्ध गराइएको बताइएको छ ।
मास्क हस्तान्तरण कार्यक्रममा नगर उप प्रमुख निर्मला थापा, सल्लाहकार कट्टेल, वडा अध्यक्ष लगायत नगरपालिकाका अधिकृतहरुको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस